+
+

लोक सेवाले खुलायो, २८४ जना अधिकृतको विज्ञापन

अघिल्ला दुई तहको विवाद अदालतमै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १०:११

२९ मंसिर, काठमाडौं । कर्मचारी समायोजनको विवाद अदालतबाट निरुपण हुन नसकेको अवस्थामा लोक सेवा आयोगले २८४ जना शाखा अधिकृतका लागि विज्ञापन खुलाएको छ ।

लोक सेवा आयोगले बुधबार न्याय सेवाको कानून, न्याय तथा सरकारी वकिलतर्फ ७० गरी कूल २८४ जना अधिकृतको विज्ञापन गरेको हो ।

लोक सेवाले यसअघिका दुई तहको प्रतिस्पर्धा टुंग्याएर सरकारलाई नियुक्तिका लागि सिफारिस गर्न सकेको छैन । त्यतिबेलाको विवाद कायमै रहेका बेला आयोगले फेरि नयाँ भर्ना प्रक्रिया थालेको हो ।

यसअघि परीक्षा नै नभएका र परीक्षा दिएर नाम सिफारिस हुन बाँकी रहेकाहरुको विषयमा मुद्दा परेका कारण प्रक्रिया अघि बढेको छैन । कर्मचारी समायोजनसम्बन्धी ती विवादहरुको एकमुष्ट सुनुवाइका लागि विहीबार पेशी तोकिएको छ ।

बुधबार विज्ञापन खोलिएका पदहरुका लागि आगामी माघ २९ गते प्रारम्भिक परीक्षा छ । तर न्यायसेवामा प्रतिस्पर्धा गर्नेहरुले भने प्रारम्भिक परीक्षा दिनुपर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?