+
+

मुक्तिनाथ विकास बैंकद्वारा दुई संस्थालाई आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १३:२५

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले मंसिर महिनामा दुई वटा संस्थालाई आर्थिक सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व मुलक कार्यका लागि सरोज टेबल टेनिस फर अल क्लब र ललितपुरको दुङ्गासाँघुमा रहेको मुक्तिनाथ मन्दिरलाई आर्थिक सहयोग गरेको हो ।

बैंकले बालबालिकालाई टेबल टेनिस तालिम सञ्चालनका लागि उक्त क्लवलाई ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुमा खेलकुद प्रतिभाको विकास गर्ने उद्देश्यले क्लबलाई उक्त आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।

बैंकले ललितपुरको गोदावरी नगरपालिका–१ दुङ्गासाँघुस्थित मुक्तिनाथ मन्दिरलाई पनि आर्थिक सहयोग गरेको छ । मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्ले निर्माणका लागि १७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै गरिएको सहयोगले सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?