+
+

चार जिल्लामा कोरोनाको शून्य संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १६:५४
फाइल तस्वीर

२९ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार चार जिल्लामा हाल कोरोनाको शून्य संक्रमण रहेको छ । पछिल्लो २४ घण्टामा मनाङ, डोल्पा, हुम्ला र बाजुरा जिल्लामा संक्रमण संंख्या शून्यमा झरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला भने दुई वटा मात्र छन् । काठमाडौं र ललितपुरमा ५ सयभन्दा बढी संख्यामा सक्रिय संक्रमित छन् ।

२ सयदेखि ४९९ सक्रिय संक्रमित हुने जिल्ला ५ वटा छन् । सुनसरी, भक्तपुर, कास्की, बाँके र कैलालीमा २ सयदेखि माथि र ४९९ भन्दा कम सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार धेरै जिल्लाहरुमा १ देखि २ सयभित्र सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?