+
+

गहभरि आँसु पार्दै एग्युरोले लिए सन्यास

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १७:५२

२९ मंसिर, काठमाडौं । अर्जेन्टिनी स्ट्राइकर सर्जिओ एग्युरोले व्यवसायिक फुटबलबाट सन्यास लिएका छन् ।

यसै सिजनमा मात्र स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध भएका उनलाई ३० अक्टोबरमा खेलका क्रममा एरिथमिया (मुटुको चाल सम्बन्धी समस्या) भएको थियो । बुधबार पत्रकार सम्मेलन गरेर उनले फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।

क्याम्पनोउमा आयोजित पत्रकार सम्मेलनमा गहभरि आँसु पार्दै भने, ‘मैले व्यवसायिक फुटबल खेल्न छोड्ने निर्णय गरेको छु । यो मेरो लागि निकै कठिन निर्णय हो ।’

उनका अनुसार चिकित्सकले साता-दश दिन अगाडि फुटबल खेल्न छोड्नु उपयुक्त हुन्छ भनेर सल्लाह दिएका थिए । ‘मैले (फेरि खेलमा फर्किने) कुनै सम्भावना छ कि भनेर हेरेँ, त्यो पाइनँ,’ उनले भने, ‘मेरो करियर जस्तो रह्यो, त्यसमा खुसी छु ।’

५ वर्षको हुँदादेखि फुटबल खेल्ने सपना देखेका एग्युरोले अर्जेन्टिनाको पहिलो डिभिजनको खेल खेलेका थिए । अर्जेन्टिनाको क्लब इन्डिपेन्डेन्टमा अनुबन्ध भएका उनी १८ वर्षको हुँदा एथ्लेटिको मड्रिड पुगे । त्यसपछि म्यानचेष्टर सिटी पुगे ।

यो सिजन मात्र बार्सिलोना अनुबन्ध भएका उनको क्लब म्याच कुल ६६६ पुगेको छ भने ३७९ गोल गरेका छन् । १४६ गोलका लागि पास दिएका छन् । देशका लागि १०१ खेल खेलेका उनले ४१ गोल गर्नुका साथै १९ मा एसिस्ट गरेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?