+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

जितपछि धनराजले भने : सभापतिको अनुभव र हाम्रो जोशले पार्टी रुपान्तरण हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते २:१४

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित धनराज गुरुङले सभापति शेरबहादुर देउवाको अनुभव र आफूहरुको जोश जाँगरका आधारमा पार्टी अगाडि बढ्ने बताएका छन् ।

उपसभापतिमा निर्वाचित भएपछि अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै उनले निर्वाचनका क्रममा बनेको प्यानल अब नरहने बताए । ‘सभापतिको अनुभव र हाम्रो जोश जाँगरले पार्टी रुपान्तरण हुन्छ’ उनले भने, ‘अब सभापतिज्यूले पनि हामीलाई न्यायोचित जिम्मेवारी दिनुपर्छ, हामी पनि भागवण्डा खोज्दैनौं ।’

निर्वाचनमा हारजित स्वाभाविक हुने भन्दै उनले यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताए । बुधबार राति घोषणा भएको मत परिणामअनुसार उपसभापतिमा देउवा प्यानलका पूर्णबहादुर खड्का र शेखर कोइराला प्यानलका गुरुङ निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?