 
																			१ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरण सबै आय संकलन काउन्टरहरू आजदेखि पुस पाँच गतेसम्मका लागि बन्द भएका छन् ।
बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले सबै आय संकलन काउन्टरहरू बन्द गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मंसिर महिनाको खपत अर्थात् पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत महसुल निर्धारण भएको र परिवर्तित महसुल दर नेपाल विद्युत प्राधिकरणको एम-पावर विलिङ सिस्टममा पुस महिनादेखि एकसाथ लागू हुने गरी अद्यावधिक गर्नुपर्ने भएकाले आय संकलन काउन्टरहरु बन्द गर्नु परेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4