+
+

तालिबानले सत्ता कब्जा गरेको होइन, उनीहरूलाई काबुल बोलाइएको हो : हमिद कारजाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १२:५३

१ पुस, काठमाडौं। अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाइले तालिबानले काबुल कब्जा नगरेको बरु उनीहरूलाई राजधानी बोलाइएको बताएका छन् ।

कारजाइले एक अन्तर्वार्ताका क्रममा तालिबानले सत्ता कब्जा नगरेको बताएका हुन् । आफूले तालिबानलाई राजधानी काबुल आउन निम्तो दिएको कारजाइको भनाइ थियो । कारजाइले मुलुकमा भद्रगोल नहोस् र जीउधनको रक्षा होस् भनेर तालिबानलाई काबुल आउन निम्तो दिएको पनि खुसाला गरेका छन् ।

कारजाइले दोहामा आफू र सरकारका प्रमुख वार्ताकार अबदुल्लाहले तालिबान नेतृत्वसँग कुराकानी गरेर उनीहरूका लडाकुलाई नियन्त्रित अवस्थामा राजधानी प्रवेश गर्न दिने सहमति गरेको पनि बताए । उनका अनुसार अगस्ट १४ गतेदेखि नै सहमतिका लागि तयारी भइसकेको थियो ।

कारजाइइर अबदुल्लाहले राष्ट्रपति अशरफ गानीलाई भेटेर अर्को दिन शक्ति बाँडफाँडसम्बन्धी सहमतिका लागि दुवै जना दोहा जान मन्जुर भएका थिए । त्यतिबेलासम्म तालिबान लडाकु काबुलको बाहिर भागमा आइसकेका थिए । तर कतारस्थित तालिबान नेतृत्वले विद्रोही लडाकुहरू सहमति नभइन्जेलसम्म काबुल बाहिरै रहने बचन दिएको पनि कारजाइले बताए ।

अगस्ट १५ गते बिहान कारजाइले दोहा जाने अन्य १५ जनाको सूची पर्खिरहेका थिए । मध्यान्हतिर तालिबालले उनलाई शहर प्रवेश गर्ने कुनै योजना नरहेको र सरकार यथा अवस्थामै रहने बताएको थियो । तर पौनै ३ बजेसम्म गनीले काबुल छोडिसकेका थिए । लगत्तै आफूले रक्षा मन्त्री तथा गृह मन्त्रीलाई फोन गरेको र काबुलका प्रहरी प्रमुखलाई खोजेको पनि कारजाइले सुनाए । तर सबै जनाले राजधानी छोडिसकेका थिए ।

तालिबानलाई काबुलमा प्रवेश गर्न दिने भनेर सहमति हुन लागेको अन्तिम क्षणमा गनीले सुटुक्क र एक्कासी अफगानिस्तान छोडेको पनि कारजाइको भनाइ थियो । उनका अनुसार गनी काबुलमै रहेको भए शान्तिपूर्ण संक्रमणका लागि एउटा सहमति हुन सक्थ्यो ।

कारजाइले अहिले पनि तालिबान नेताहरूलाई आफूले नियमित भेटघाट गर्ने गरेको र विश्व समुदायले उनीहरूसँग सहकार्य गर्नुपर्ने पनि बताए । सबै अफगानी एकताबद्ध हुन उत्तिकै आवश्यक रहेको उनको भनाइ थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?