+
+

माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा बराल चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १८:२१

१ पुस , बुटवल । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराल मगर चयन भएका छन् ।

दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय समिति चयन गरेको थियो । त्यही समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराललको नाम टुंगो लगाएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको प्रस्तावमा बराल सर्वसम्मत अध्यक्ष बनेका हुन् । प्रदेश अध्यक्षमा रोल्पाका दीपेन्द्र पुन र दाङका होमराज शर्माले पनि दावी गर्दै आएका थिए । तर उनीहरु दुवै जना २ सय १७ सदस्यीय प्रदेश समितिमै नपरेपछि बराल सर्वसम्मत भएका हुन् ।

प्रदेश समितिका अरु पदाधिकारी भने टुंगो लागेको छैन । बराल लुम्बिनी प्रदेशको पूर्व सामाजिक विकास मन्त्री हुन् ।  माओवादीले प्रदेश समितिमा तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।

माओवादीले मंसिर २५ र २६ गते दाङको भालुबाङमा अधिवेशन सम्पन्न गरेको थियो । २ सय ५३ सदस्यीय समितिमा ११ जना विभिन्न कलष्टरबाट मनोनित गर्ने माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?