+
+

कांग्रेस महामन्त्रीमा गगन थापा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १४:३६

पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित भएका छन् ।

बिहीबार दिउँसो पार्टी कार्यालय सानेपामा भएको मतपरिणाम अनुसार शेखर कोइराला पक्षका उम्मेदवार गगन थापा भारी मतका साथ निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार थापाले  ३०२३ मत पाए । यस्तै विश्‍वप्रकाश शर्माले १९८४, प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, डा. मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

१४औं महाधिवेशनमा गगन थापा र मिनेन्द्र रिजाल शेखरको प्यानलबाट र विश्वप्रकाश शर्मा र प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार बनेका थिए । यस्तै प्रकाशशरण महत र प्रदीप पौडेल देउवा प्‍यानलबाट र राजा राम कार्की विमलेन्द्र निधि प्‍यानलबाट उम्‍मेदवारी दिएका थिए ।

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति, उपसभापति र महामन्त्री पदको नतिजा सार्वजनिक भइसकेको छ भने अब सह-महामन्त्री पदको मतगणना आजै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?