+

पहिलो खेलमै किरण सम्मिलित टिम च्याम्पियन

२०७८ पुष  १ गते १८:१९ २०७८ पुष १ गते १८:१९
पहिलो खेलमै किरण सम्मिलित टिम च्याम्पियन

१ पुस, काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु (चेम्जोङ) माल्दिभ्सको माजिया एससी क्लबबाट पहिलाे खेल खेल्दै उपाधि जितेका छन् ।

लिगको नयाँ सिजन सुरुवात हुनुअघि खेलिएको च्यारिटी शिल्डमा क्लब भ्यालेन्सियालाई ५-० ले पराजित गर्दै उपाधि जितेको हो। किरण यसै सिजन मात्र किरण माजियामा अनुबन्ध भएका हुन्।

गत सिजन राउण्ड ग्लास पञ्जावबाट भारतमा आइ लिग खेलेका किरण त्यहाँ सम्झौता सकिएपछि माल्दिभ्सको क्लब गएका हुन् । उनले यसअघि माल्दिभ्सकै टिसी स्पोर्ट्सबाट खेलिसकेका छन् ।

किरणले सन् २०१८ मा टिसी बाट धिवेही प्रिमियर लिगको उपाधि जितेका थिए। साथै उनी लिगको बेस्ट गोलकिपर समेत बनेका थिए । किरणले नेपाल, भारत र माल्दिभ्स तीन वटै देशको लिगको उपाधि जितेका छन् ।

मछिन्द्र क्लबबाट फुटबल खेल्न सुरु गरेका ३१ वर्षीय किरणले नेपालको चर्चित क्लब थ्री स्टार र मनाङ मर्स्याङ्दीबाट पनि खेलेका छन्। उनले गत बैशाख-जेठमा भएको पहिलो नेपाल सुपर लिग धनगढी एफसीबाट खेलेका थिए।जहाँ धनगढी उपविजेता बन्दा किरण बेस्ट गोलकिपर घोषित भएका थिए ।

किरणकै कप्तानीमा गत अक्टोबरमा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल फाईनल पुगेको थियो। पहिलो पटक साफ फाइनल पुगेको नेपाल भारतसंग पराजित हुँदै उपविजेता बनेको थियो।

नेपाली राष्ट्रिय फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय