+
+

‘शान्ति सेनामा नेपालको स्थान ऐतिहासिक’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १८:२४

१ पुस, काठमाडौं । संयुक्त राष्ट्रसंघ मातहत रहेर नेपाल सरकारले पठाउने शान्तिसेनाको योगदानमाथि बिहीबार काठमाडौंमा विमर्श गरिएको छ ।

‘कन्सोर्टियम अफ साउथ एसियन थिंक ट्यांक्स’ (कोसाट) को आयोजनामा भएको कार्यक्रममा विज्ञ तथा सुरक्षा मामिला पत्रकारहरूले शान्तसेना मिसनमाथि विमर्श गरे ।

संस्थाले शान्तिसेनामा नेपालको योगदान विषयक पुस्तिकासमेत प्रकाशन गरेको छ । जसमा प्रा. राजामोहन, रथी बालानन्द शर्मा, डिबी सुवेदी, राजेश श्रेष्ठ, पूर्वडीआइजी नवराज सुवेदी, डा. दिनेश भट्टराई तथा चिरन थापाको लेख रहेको छ । उक्त पुस्तिकामाथि रहेर विज्ञहरूले विमर्श गरेका हुन् ।

कार्यक्रममा बाल्दै डा. दिनेश भट्टराईले शान्ति स्थापनार्थ नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको बताएका छन् । ‘सरकारले आर्थिक उपार्जनको लागि मात्र शान्तिसेनालाई केन्द्रमा राख्नुहुँदैन’ उनले भने, ‘विश्वमा नेपालको उपस्थिति र योगदान स्थापित गर्न शान्तिसेनालाई उपयोग गर्नुपर्छ । त्यसैअनुसार तालिम गराउनुपर्छ ।’

पूर्वरथी नेपालभूषण चन्दले संयुक्त राष्ट्रसंघले शान्ति स्थापनार्थ सेना परिचालन गर्न थालेको सुरुवाती चरणदेखि नै नेपाली सेनालाई पनि सहभागी गराएको स्मरण गरे । चन्दले भने, ‘शान्ति सेनाको योगदान र इतिहास विशेष महत्त्वको छ । नेपाली सुरक्षा दस्ताले अनेकौं जोखिम सामना गरेर आफूलाई प्रमाणित गरेको छ ।’

यस्तै निश्चलनाथ पाण्डेले विश्व भूराजनीतिमा आएको परिवर्तन अनुसार नेपालले पनि शान्ति स्थापनामा अझ प्रतिवद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?