+
+

एप्पलका कर्मचारी कार्यालय फर्किने समय अनिश्चित, १ हजार डलर कोभिड भत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १४:०६
एप्पलका सिइओ टिम कुक

काठमाडौं । कोभिड–१९ को संक्रमण पछिल्लो समय बढ्दै गएको र ओमिक्रोन भेरियन्टको त्रास बढेसँगै एप्पल कम्पनीले आफ्ना कर्मचारीलाई भौतिक रुपमा कार्यालयमा उपस्थित भएर काम गर्ने समयलाई अनिश्चितकालका लागि लम्ब्याएको छ ।

साथै एप्पलले आफ्ना कर्मचारीहरुलाई घरायसी सामान खरीद गर्नका लागि भन्दै जनही १ हजार डलर भत्ता प्रदान गरेको छ । एप्पलका सिइओ टिम कुकले आफ्ना कर्मचारीलाई बुधबार पठाएको इमेलमा उक्त जानकारी गराइएको हो ।

यो हप्ताको सुरुमा एप्पलले अमेरिकास्थित आफ्ना सबै स्टोरहरुमा प्रवेश गर्दा ग्राहकहरुले समेत अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम सुरु गरेको थियो ।

महामारीको त्रास बढिरहँदा गुगल, लिफ्ट, अमेजन तथा उबर लगायका कम्पनीहरुले कर्मचारीको भौतिक उपस्थितिमा कार्यालय सञ्चालन गर्ने मितिलाई पटक–पटक सार्दै आएका छन् ।

महामारीको सुरुवातमै गुगल तथा फेसबुक लगायतका कम्पनीहरुले आफ्ना कर्मचारीहरुको घरबाटै कार्यसञ्चालन गर्ने खर्चका लागि भन्दै जनही १ हजार डलर भत्ता दिएका थिए ।

–सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?