+
+

अस्थायी भए पनि मेलम्चीको पानी ल्याउँछु : मन्त्री चौधरी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३ गते १७:३४

३ पुस, काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले आफ्नै कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने प्रतिवद्धता जनाएका छन् ।

गत असार–साउनमा मेलम्ची नदीमा आएको बाढीले आयोजनाको मुहान क्षेत्र पुरिएपछि काठमाडौंमा पानी आउन बन्द भएको थियो । गत चैतदेखि परीक्षणको रुपमा मेलम्चीको पानी काठमाडौं ल्याए पनि बाढीले आयोजनामा क्षति पुर्याएपछि आयोजना अनिश्चित भएको छ ।

शनिबार चन्द्रलोक प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले अस्थायी रुपमा भए पनि मेलम्चीको पानी ल्याउने बताए । ‘….मेलम्ची खानेपानी स्थायी त होइन अस्थायी भएपनि तुरुन्तै आफ्नै कार्यकालमा काठमाडौंबासीलाई खुवाउँछु भन्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु’ उनले भने ।

शुद्ध खानेपानी र सरसफाइलाई संविधानमा मौलिक हकको रुपमा राखेको उल्लेख गर्दै मन्त्री चौधरीले आफूले जसरी पनि मेलम्ची ल्याउने जिकिर गरेका हुन् ।

उनले देश र जनताका लागि काम गर्ने सामाजिक संघ, संस्थाहरुलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?