+
+

अवैध काठसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३ गते १७:३७

३ पुस, काठमाडौं । प्रहरीले अवैध रुपमा ओसारपसार गरेको ८८.६० क्युविक फिट काठसहित दुई जनालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–३ मा मनहरी गाउँपालिकाको हाँडीखोलाबाट हेटौंडा बजारतर्फ जिपमा राखेर ल्याउँदै गरेको काठसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रदेश ०३–००१–च १२६० नम्बरको जिपमा लोड गरी हेटौंडा तर्फ ल्याइदै गरेको ६३ वटा फण्टासहित हेटौंडा १२ का २४ बर्षका सुशान लोप्चन र १८ बर्षका सुदीप लोप्चनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेको काठ र मानिसलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय राप्ती मनहरिलाई बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?