+
+
Shares

भोट नदिएको आधारमा विभेद गर्दिनँ : लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३ गते १९:३३

३ पुस, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलेआफूलाई मत दिएको वा नदिएको आधारमा कसैलाई विभेद नगर्ने बताएका छन् ।

शनिबार गृहजिल्ला झापाको विर्तामोडमा राप्रपाको जिल्ला समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले भने. ‘त्यो सकियो त्यसैदिन सकियो त्यसलाई बोकेर, त्यसलाई केलाएर हिँड्ने छुट मलाई छँदै छैन ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीमा आफूले आमूल परिवर्तन गर्ने भन्दै लिङ्देनले काम नगरिकन कोही नेता हुन नपाउने व्यवस्था गर्ने उद्घोष गरे । ‘म पनि काम गर्छु र अरुले पनि उपरखुट्टी लगाएर बस्न पाउँदैनन्’ उनले भने ।

अब पार्टीमा सबैको जिम्मेवारी तोक्ने भन्दै उनले त्यस अनुसार काम गर्ने नेता कोही पनि पछाडि नपर्ने बताए । अब पार्टी फुट्ला कि भन्ने चिन्ता नगर्न आग्रह गर्दै लिङ्देनले भने ‘अब यसलाई फुटाउने ठाउँ पनि छैन र फुटाउने ताकत पनि कसैसँग छैन ।’ राप्रपा फुट्दाफुट्दै फुट्ने ठाउँ नै बाँकी नरहेको उनको भनाइ छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?