+
+
Shares

कैलालीमा २५ वर्षीय युवकको बीभत्स हत्या

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १२:३६
फाइ‍ल तस्वीर

४ पुस, काठमाडौं । कैलालीको जानकी गाउँपालिका-९ मा एक युवकको घाँटी रेटेर हत्या भएको छ ।

अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको छिनाएको अवस्थामा २५ वर्षीय अर्जुन दासको शव शनिबार साँझ भेटिएको जिल्ला प्रहरी कार्यालय, कैलाली डीएसपी वेदप्रकाश जोशीले अनलाइनखबरलाई बताए ।

स्रोतका अनुसार उनको हत्यापछि कपडाको डोरी बनाएर नग्न अवस्थामा बाँधेर राखेको अवस्थामा शव भेटिएको हो । एक प्रहरी अधिकृत भन्छन्, ‘हत्या गरी सकेपछि अपहरण गरेको जस्तो देखाउन खोजिएको छ, हात पनि बाँधेको अवस्थामा शव थियो । यसको कारणबारे अनुसन्धानपछि नै खुल्ला ।’

मजदुरी गर्ने अर्जुन सामान्य परिवारका हुन् । उनी अन्तिमपटक शुक्रबार साँझ घर नजिकै देखिएका थिए ।

डीएसपी जोशीका अनुसार युवकको परिवार भारतमा भएकाले शव उठाइएको छैन । ‘राति घटनास्थल सुरक्षित राखेका थियौं, अहिले मुचुल्का गरेर परिवार आएपछि पोष्टमार्टमका लागि पठाउने तयारी छ’ उनले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली पनि घटनास्थलमा ल्याएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?