
४ पुस, काठमाडौं। इस्लामिक सहयोग संगठनमा आवद्ध मुलुकका विदेशमन्त्रीहरुको विशेष सत्र पाकिस्तानमा सुरु भएको छ ।
इस्लामावादस्थित संसद भवनमा ५७ सदस्यीय इस्लामिक सहयोग संगठन (ओआईसी) का विदेशमन्त्रीको विशेष सत्र सुरु भएको पाकिस्तानी समाचार माध्यमले डन डटकमले उल्लेख गरेको छ।
विशेष सत्रमा २० राष्ट्रका विदेशमन्त्री, १० राष्ट्रका उप-विदेशमन्त्री र बाँकी मुलुकका वरिष्ठ अधिकारी सहभागी भएका छन्। त्यस्तै राष्ट्रसंघ, अन्तर्राष्ट्रिय वित्तीय संस्था, अन्तर्राष्ट्रिय संघ-संगठनसहित जापान र जर्मनीका प्रतिनिधि समेत विशेष सत्रमा सहभागी भएका छन्।
पाकिस्तानका विदेश मन्त्री शाह महमूद कूरेशीले विशेष सत्रको उद्घाटन गर्दै सारा विश्वलाई अफगान नागरिकको पक्षमा उभिन अपील गरेका छन् । उनले अफगानिस्तानमा जारी मानवीय एवं खाद्य संकट समाधान नभएकोमा समेत चिन्ता व्यक्त गरे ।
A pleasure to welcome Sec Gen @OIC_OCI H.E Hissein Brahim Taha to Pakistan. I look forward to working closely for the success of the 17th Extraordinary Session of the CFM on Afghanistan. As a founding member, we are committed to the values & objectives of the OIC. #OICInPakistan pic.twitter.com/qfAHmokek1
— Shah Mahmood Qureshi (@SMQureshiPTI) December 17, 2021
‘अफगानी नागरिकको कठिनाइ र पीडा अझै पनि सहज नहुनु दु:खद कुरा हो’, कूरेशीले भने, ‘यो संगठन (ओआईसी)ले सँधै मानव अधिकारको समर्थन गर्दै आएको छ र बाँकी मुलुकलाई उनीहरूको आर्थिक एवं घरेलु बाध्यताबाट माथि उठ्न अपिल गरेको छ।’
ओआईसीमा आवद्ध कुनै पनि इस्लामिक मुलुकले नयाँ तालिबान सत्तालाई मान्यता दिएका छैनन् । यसअघि १९९६ देखि २००१ सम्मको तालिबान सत्तालाई भने पाकिस्तान, साउदी अरब र संयुक्त अरब इमिरेट्स मान्यता दिएका थिए ।
प्रतिक्रिया 4