+
+
Shares

अफगानिस्तानबारे छलफल गर्न इस्लामिक मुलुकका विदेशमन्त्रीहरु पाकिस्तानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १३:३९

४ पुस, काठमाडौं। इस्लामिक सहयोग संगठनमा आवद्ध मुलुकका विदेशमन्त्रीहरुको विशेष सत्र पाकिस्तानमा सुरु भएको छ ।

इस्लामावादस्थित संसद भवनमा ५७ सदस्यीय इस्लामिक सहयोग संगठन (ओआईसी) का विदेशमन्त्रीको विशेष सत्र सुरु भएको पाकिस्तानी समाचार माध्यमले डन डटकमले उल्लेख गरेको छ।

विशेष सत्रमा २० राष्ट्रका विदेशमन्त्री, १० राष्ट्रका उप-विदेशमन्त्री र बाँकी मुलुकका वरिष्ठ अधिकारी सहभागी भएका छन्। त्यस्तै राष्ट्रसंघ, अन्तर्राष्ट्रिय वित्तीय संस्था, अन्तर्राष्ट्रिय संघ-संगठनसहित जापान र जर्मनीका प्रतिनिधि समेत विशेष सत्रमा सहभागी भएका छन्।

पाकिस्तानका विदेश मन्त्री शाह महमूद कूरेशीले विशेष सत्रको उद्घाटन गर्दै सारा विश्वलाई अफगान नागरिकको पक्षमा उभिन अपील गरेका छन् । उनले अफगानिस्तानमा जारी मानवीय एवं खाद्य संकट समाधान नभएकोमा समेत चिन्ता व्यक्त गरे ।

 

‘अफगानी नागरिकको कठिनाइ र पीडा अझै पनि सहज नहुनु दु:खद कुरा हो’, कूरेशीले भने, ‘यो संगठन (ओआईसी)ले सँधै मानव अधिकारको समर्थन गर्दै आएको छ र बाँकी मुलुकलाई उनीहरूको आर्थिक एवं घरेलु बाध्यताबाट माथि उठ्न अपिल गरेको छ।’

ओआईसीमा आवद्ध कुनै पनि इस्लामिक मुलुकले नयाँ तालिबान सत्तालाई मान्यता दिएका छैनन् । यसअघि १९९६ देखि २००१ सम्मको तालिबान सत्तालाई भने पाकिस्तान, साउदी अरब र संयुक्त अरब इमिरेट्स मान्यता दिएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?