+
+

फेरि प्रसारण हुँदै ‘मुन्द्रेको कमेडी क्लब’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १९:३१

४ पुस, काठमाडौं । नेपाल टेलिभिजनमा दुई वर्षभन्दा बढी समय प्रसारण भएको चर्चित कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ केही समय अगाडि बन्द भयो । विशेषगरी यो शोका होस्ट जीतु नेपाल र निर्माण कम्पनीबीचको असमझदारी र कलाकारबीचको तिक्तता आदिका कारण शो बन्द भएको थियो ।

तर, शो बन्द भएको केही समयपछि फेरि यसलाई नयाँ तरिकाले प्रसारण गर्ने तयारी गरिएको छ । यो शोलाई जीतु नेपालले नै होस्ट गर्नेछन् । शोको नाम पनि ‘मुन्द्रेको कमेडी क्लब’ नै राखिएकोे छ । यो शोलाई अब दिनेश डीसीले निर्देशन गर्ने भएका छन् ।

शोका होस्ट जीतु नेपालले अनलाइनखबरसँग भने, ‘हामी शो फेरि प्रसारण गर्ने तयारीमा जुटेका छौं । विभिन्न टेलिभिजनहरुसँग कुराकानी पनि भइरहेको छ । तर, कुन टीभीबाट प्रसारण गर्नेमा भने पक्का भएको छैन ।’

जीतुले यसपटक शोमा यसअघिका कलाकारमध्ये केही नहुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?