+
+

‘चपली हाइट ३’को ‘थर्मस पब्लिसिटी’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते ११:३०

५ पुस, काठमाडौं । पुस २ गतेबाट पुस १५ गतेलाई प्रदर्शन मिति सारिएको चलचित्र ‘चपली हाइट ३’को निर्माणपक्ष प्रचारप्रसारमा व्यस्त छ । नेपाली चलचित्र क्षेत्र दुई वर्षदेखि सुनसान अवस्थामा रहेकाले पनि यो चलचित्रले व्यापारको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

चलचित्रको प्रदर्शन मिति दुई साता पर सारेपछि निर्माता अर्जुन कुमार नयाँ प्रचार शैलीका साथ दौडधुपमा व्यस्त छन् । निर्माणपक्षले चलचित्रको प्रचार वास्तविक दर्शकसम्म पुगोस् भन्ने उद्देश्यले यसको ग्राउण्ड जिरो प्रचार गरिरहेको छ ।

निर्माता अर्जुन कुमारले बालाजु र वसन्तपुर क्षेत्रमा ‘थर्मस पब्लिसिटी’ अभियान चलाएका छन् । यी क्षेत्रमा आम मानिसका लागि हात–हातमा चिया बेच्दै हिँड्ने व्यापारीहरुसँग सहकार्य गर्दै थर्मसमा चलचित्रको पोष्टर टाँसिएको छ । सयभन्दा बढी थर्मसमा चलचित्रको पोष्टर टाँसिएको अर्जुनले बताए ।

उनले भने, ‘चिया बेच्दै आम मानिससम्म पुग्ने दाजुभाइ तथा दिदीबहिनीहरुसँग हामीले सहकार्य गरेका हौं । थर्मसमा पोष्टर टाँस्दा चियाका पारखीहरुले चलचित्रको बारेमा थाहा पाउने भए ।’

निकेश खड्काको निर्देशनमा बनेको यो चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?