+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

एमालेको लुम्बिनी प्रदेश अधिवेशन माघ ८ गते नेपालगञ्जमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते ७:२५

६ पुस, दाङ । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशन माघ ८ गते नेपालगञ्जमा हुने भएको छ । लुम्बिनी प्रदेश संगठन कमिटीको सोमबार दाङको बाह्रकुनेमा सम्पन्न छैठौं पूर्ण बैठकले प्रदेश अधिबेशन बाँके जिल्लाको नेपालगञ्जमा गर्ने निर्णय गरेको हो ।

बैठकले अधिवेशनका लागि लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा एक हजार एक सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति समेत गठन गरेको छ ।

बैठकले पुस २८ गते सबै निर्वाचन क्षेत्रबाट अनिवार्य रुपमा प्रतिनिधि छनोट गर्ने जनाएको छ । अधिवेशनका लागि प्रतिनिधिहरुको नाम, ठेगाना, पार्टी सदस्यता नम्बर, मोबाइल नम्बर र फोटो सहितको विवरण पुस २१ गतेसम्म प्रदेश कार्यालय बुटवलमा अनिवार्य रुपमा बुझाउन भनिएको छ ।

प्रदेश निर्वाचन क्षेत्रलाई आधार बनाउँदै दुई सय पार्टी सदस्य बराबर एक जना प्रतिनिधि, दलितका लागि एक सय पार्टी सदस्य बराबर एक जना प्रतिनिधि, हरेक तीन जना प्रतिनिधिमा एक जना महिला अनिवार्य, विभिन्न जनसंगठन, प्रदेश सल्लाहकार, अपांगता भएकाहरु, जिफन्ट लगायतबाट पनि प्रतिनिधि हुने गरी मापदण्ड तयार पारिएको एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्यले बताए ।

हाल दुई सय ५४ सदस्यीय प्रदेश कमिटीलाई घटाउँदै दुई सय पाँच सदस्यीय बनाउन लागिएको छ । जसमा ५२ वटा प्रदेश निर्वाचन क्षेत्रबाट प्रतिनिधि छानिने उनले बताए ।

आचार्यका अनुसार प्रदेश अधिवेशनका लागि लुम्बिनीका १२ वटै जिल्लाले पुस २८ गते एकैदिन मापदण्ड अनुसार प्रतिनिधि चयन गर्नेछन् ।

एमाले लुम्बिनी प्रदेश संगठन कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले महासचिव शंकर पोख्रेल, एमाले सचिव तथा लुम्बिनी इञ्चार्ज छबिलाल विश्वकर्माले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?