+
+

एनसीएचएल डिजिटल सर्भिसेस् आईसीटी अवार्डबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १४:१४

काठमाडौं । आईसीटी अवार्ड २०२१ अन्तर्गत डिजिटल सर्भिसेस् आईसीटी अवार्ड २०२१ बाट नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सम्मानित भएको छ ।

लिभिङ विथ आईसीटीले पुस २ गते आयोजना गरेको अवार्ड समारोहमा एनसीएचएल सम्मानित भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न १२ वटा विधामध्ये डिजिटल सर्भिसेस्को विधामा एनसीएचएलले उक्त अवार्ड प्राप्त भएको कम्पनीले जनाएको छ ।

डिजिटल रुपान्तरणका लागि प्रमुख भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पुर्याउँदै आएका महत्वपूर्ण योगदानहरुको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको कम्पनीको भनाइ छ ।

भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरि, अन्तरबैंक विद्युतीय भुक्तानी, कनेक्ट आईपीएस ई पेमेन्ट, कनेक्ट आरटीजीएस, नेशनल पेमेन्ट इन्टरफेस र कर्पोरेट पे लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरी डिजिटल पेमेन्टको सेवा पु¥याउदै आएको छ ।

एनसीएचएलले आर्थिक वर्ष २०७७/७८ मा १३० खर्ब बराबरको विद्युतीय कारोबार फर्छ्यौट गरेको थियो भने यस आर्थिक वर्षको मंसिर मसान्तसम्म ६५ खर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?