+
+

‘स्पाइडर म्यान’ले चार दिनमै विश्वभरबाट कमायो ५८७ मिलियन डलर

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १४:०८

५ पुस, काठमाडौं । हलिउड सुपर हिरो चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’ले बक्स अफिसमा बम्पर कमाइ गरेको छ । बिहीबारदेखि विश्व बजारमा प्रदर्शन भइरहेको यो चलचित्रले नेपाल र भारतमा समेत आक्रामक कमाइ गरिरहेको छ ।

यो चलचित्रले विश्वका ६१ देशबाट ५८७ मिलियन डलर अर्थात् ७ हजार १ सय ३९ करोड रुपैयाँ कमाइ गरेको छ । यो कमाइ विकेन्ड कलेक्सन हो ।

चलचित्रले अमेरिकामा मात्र २५३ मिलियन डलर कमाइ गरेको छ । यस्तै, अमेरिका बाहिर ३४२ मिलियन डलर कमाइ यो चलचित्रले गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

यो चलचित्रले एक सातामा १ बिलियन डलर आम्दानी गर्ने अनुमान गरिएको छ । यो चलचित्रलाई दर्शक र समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ । क्रिसमसको बिदा समेत आउन लागेकाले चलचित्रले विश्व बजारमा बम्पर कमाइलाई निरन्तरता दिने विश्लेषण गरिएको छ ।

कोरोना महामारीका कारण करिब डेढ वर्ष मनोरञ्जन दुनियाँ ठप्प भएको थियो । तर, कोरोना महामारीको दोस्रो लहर सकिएसँगै हलिउडका मेघा बजेटका चलचित्रले बम्पर कमाइ गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?