+
+

महालक्ष्मी विकास बैंकले बाेलायाे साधारणसभा, २१ प्रतिशत लाभांश पारित हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १५:३३

५ पुस, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले पुस २५ गतेका लागि साधारणसभा आह्वान गरेको छ ।

आर्मी अफिसर्स क्लबमा आयोजना हुने साधारणसभाले बैंकले लाभांश पारित गर्ने प्रस्ताव लैजाँदैछ ।

वार्षिक साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारितका लागि पेश गरिने बैंकले जनाएको छ ।

आव २०७६/७७ को तुलनामा यस बैंकको कर्जा प्रवाह १६ प्रतिशत तथा निक्षेप संकलन ६ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?