+
+

अष्ट्रेलियामा भेटियो संसारकै पहिलो अनौठो जीव, १,३०६ वटा छन् खुट्टा !

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १६:५१

५ पुस, काठमाडौं । पृथ्वीमा कैयन् यस्ता अनौठा तथा दुर्लभ जीवहरु छन् जसका बारेमा आम मानिसलाई थाहै हुँदैन । कतिपय यस्ता जीवहरु त वैज्ञानिकहरुले बल्ल पत्ता लगाउँदै छन् । यस्तै एउटा जीव हालै फेला परेको छ । उक्त जीवको सरीरमा १३ सय ६ वटा खुट्टा छन् । सो जीव जमीनमुनि निकै गहिराइमा बस्दछ ।

अष्ट्रेलियाका जीव वैज्ञानिकहरुले संसारको पहिलो तथा दुर्लभ मिलिपेड्स नामक किरा पत्ता लगाएका छन् । हालसम्म पृथ्वीमा अधिकतम ७५० वटा सम्म खुट्टा भएको जीव फेला परेकोमा यो मिलिपेड्सको सरीरमा १,३०६ वटा खुट्टा छन् ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीमा आजभन्दा ४० करोड वर्षअघि मिलिपेड्सको उत्पत्ति भएको हो । मिलिपेड्सको अर्थ हजार खुट्टा भएको जीव भन्ने हुन्छ । तर हालसम्म यो जीवमा हजारवटा खुट्टा भेट्टाइएको थिएन ।

सबैभन्दा धेरै खुट्टा भएको मिलिपेड्स इलाक्मे प्लेनिप्स प्रजातिको थियो, जसको ७५० वटा खुट्टा हुन्छन् । उक्त प्रजातिको किर्तिमान भंग गर्नेगरी वैज्ञानिकहरुले हालै १३०६ वटा खुट्टा भएको मिलिपेड्स पत्ता लगाएका हुन् । उक्त जीवको वैज्ञानिक नाम इयुमिलिप्स पर्सेफोन हो ।

पहली बार मिला 1306 पैरों वाला अनोखा जीव

यो जीव हल्का पहेँलो रङको छ । अनौठो त के भने लामो धागो जस्तै देखिने यो जीवका आँखा छैनन् । यो जीवको सरीरको चौडाइको तुलनामा लम्बाई १ सय गुणा धेरै छ । यसको टाउको आइसक्रिम कोन जस्तै छ जसमा धेरै एन्टेना रहेका छन् । ती एन्टेनाले नै त्यसलाई अँध्यारोमा हिड्न सहयोग गर्दछन् । यो मिलिपेड्सले ढुसी खाने गर्दछ ।

अष्ट्रेलियाको खनिज उत्खनन गरिरहने क्षेत्रमा वैज्ञानिकहरुले यो जीव फेला पारेका हुन् । त्यसक्रममा २ वटा भाले र दुईवटा पोथी मिलिपेड्स फेला परे । जसमध्ये पोथीको सरीरमा १३०६ वटा खुट्टा छन् भने भालेको सरीरमा ९९८ वटा खुट्टा रहेका छन् ।

वैज्ञानिकहरुले सुक्ष्मदर्शक यन्त्रको सहयोगमा खुट्टाको गणना गरेका थिए । वास्तवमा त्यसरी खुट्टा गन्ती गर्नु सजिलो थिएन किनकी यो जीव बाह्य चिजले छुँदा तत्कालै आफ्नो सरीरलाई गोलो बनाएर बेर्दछ ।

पहली बार मिला 1306 पैरों वाला अनोखा जीव

यो जीवको औषत आयू ५ देखि १० वर्षसम्म हुने बताइएको छ । जमिनभन्दा २ सय फिट तल बस्ने यो जीवलाई सतहमा देख्न मुस्किल हुन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?