+
+

बलात्कारलाई प्रोत्साहन गर्ने सलमान खानका कुरा नसुन छोरी !

रुपा झा रुपा झा
२०७८ पुष ५ गते १६:५५

म मेरो छोरीलाई बिगबोसजस्तो रियालिटी शो र त्यसका प्रस्तोता सलमान खानको कुरा नसुन्न सल्लाह दिन्छु । यसो भनिरहँदा मैले कुनै व्यक्ति विशेषको विरोध गरेको छैन । प्रवृत्तिको विरोध गरेको हुँ । जुन प्रवृत्ति यति भयानक छ कि हाम्रा छोरीहरू यस्ता कुरा सुनेर बारम्बार स्तब्ध हुनुपरेको छ ।

चर्चित ‘रियालिटी शो’ बिगबोसमा एक खेलको दौरान एक घटना भयो । जहाँ अभिजित बिचुक नामका पुरुष प्रतियोगीले देवोलिना नामकी महिला प्रतियोगीलाई मद्दत गर्ने बहानामा बारम्बार चुम्बन गर्न आग्रह गरे ।

असजिलो मानेकी देवोलिनाले दुई पटकसम्म त केही बोलिनन् । पछि त्यस विषयमा विरोध गरिन् । यता देवोलिनामाथि नै प्रश्न उठ्यो कि उनले लोकप्रिय कार्यक्रमको मजाक उडाइन् । यदि उनलाई नराम्रो लागेको थियो भने पहिलेदेखि नै पुरुष साथीको विरोध गर्नुपथ्र्यो ।

जब सलमान खानजस्ता सुपरस्टार कार्यक्रममा बिना कुनै हिच्किचाहट गैरजिम्मेवार व्यवहार गर्छन् । चुपचाप बस वा यस्तो कुरा हुँदै गर्छ, हामी अगाडि बढ्नुपर्छ, ‘चलता है’  भन्छन् भने त्यो अपराध हो ।

मानौं कि चुम्बनको कुरा सामान्य हो । यता कार्यक्रम प्रस्तोता (होस्ट) सलमान खानले देवोलिनालाई प्रश्न गरे । सलमानले आफ्ना पुरुष प्रतियोगी दोषी रहेको कुरा बताउन सकेनन् । यति ठूलो च्यानलको लोकप्रिय रियालिटी शोमा सलमानले महिला प्रतियोगीको विरोधलाई गलत भन्दै आरोप लगाएका थिए । तर्कहरू पेश गर्दै महिलालाई नै दोषी देखाइरहेका थिए ।

यसैलाई ‘भिक्टिङ सेमिङ’ भनिन्छ । यो सानो कुरा भएपनि यसको अर्थ ठूलो छ ।

यता अहिले कक्षा ९ मा पढेकी मेरी छोरीले भर्खरै आफ्नो पुरानो कक्षा–शिक्षक (क्लास टिचर)लाई एउटा नोट लेखिन् । जहाँ उनले अघिल्लो वर्षको कक्षामा केटाहरूले  कक्षाकोठामै बलात्कारको विषयमा ठट्टा गरेको कुरा बताएकी छन् ।  केटाहरूले गर्ने यस्ता ठट्टाले गर्दा केटीहरूलाई कति धेरै असहज महसुस भएको थियो भन्नेबारे पनि उनले उल्लेख गरेकी छन् ।

एक वर्षअघि आफू वरपरका केटीहरू र आफूमाथि गरिएका फोहोरी टिप्पणीबारे छोरीले बोल्ने हिम्मत जुटाउन सकिनन् । तर एक वर्षपछिसम्म केटीहरूलाई यो घटनाले नराम्रो महसुस गराइरहेको थियो । केटाहरूको समूहले कक्षाका खिल्ली उडाउने, महिलाका शरीरका विभिन्न भागको जोक भन्ने र नाबालिग बलात्कारका कुरा गर्ने गर्दथे ।

बलात्कारजस्तो जघन्य अपराधलाई मजाक बनाउने केटाहरूलाई कसैले सम्झाउने बुझाउने काम गरेन । कसैले चासो पनि दिएन ।

सलमान खानकै शोतर्फ जाऔं । शोमा सहभागी केटीहरूलाई सलमानले सल्लाह दिएका थिए– ‘यदि कुनै केटाले तपाईंलाई कमेन्ट गर्छ त्यसलाई बेवास्ता गर्नुहोस्, दोस्रो पटक पनि बेवास्ता गर्नुहोस्, तेस्रोपटक भने जवाफी प्रतिक्रिया दिएर अगाडि बढ्नुहोस् । यस्तो कुरामा कुनै कडा मनोवृत्ति देखाइरहनु पर्दैन ।’

‘मर्द, मर्द ही रहेंगे’ भन्ने कुरालाई यो कुराले समर्थन गरेको छ । यो मानसिकताले केटीहरूलाई तथाकथित घेराभित्र मात्रै बस्न सल्लाह दिन्छ । विरोध नगर, बरु वास्ता नगर भन्नेजस्तो कायर कुरामा जोड दिन्छ ।

बिगबोसको यो कुराले सामाजिक सञ्जालमा उठेपछि प्रयोगकर्ता पनि विभाजित भए । मानिसहरूले भने कि महिला प्रतियोगी देवोलिनो पुरुष सहभागीसँग सहज नै मानिरहेकी थिई । यो सानो कुरालाई महिला हिंसासँग जोड्न मिल्दैनथ्यो ।

लडिरहनुपरेको यो समाजमा बोल्ने साहस तत्काल आउँदैन ।

तर यदि एक समयमा तपाईं कुनै मान्छेसँग सहज हुनुहुन्थ्यो भन्दैमा सबै कुरामा सहज भइन्छ त ? उसले भनेका सबै कुरा मान्नैपर्छ भन्ने हुन्छ त ?

यो कुनै मामुली कुरा होइन । मुलायम सिंह यादवले भनेजस्तो ‘केटाहरूले गल्ती गर्छन्’ भनेर टार्न सकिने विषय पनि होइन । आज केटीहरू बोलेका छन् तर कारबाही गर्ने वातावरण नहुँदा उनीहरू उल्टै लज्जित हुने वातावरण सिर्जना हुनेछ ।

अनि जब सलमान खानजस्ता सुपरस्टार कार्यक्रममा बिना कुनै हिच्किचाहट गैरजिम्मेवार व्यवहार गर्छन् । चुपचाप बस वा यस्तो कुरा हुँदै गर्छ, हामी अगाडि बढ्नुपर्छ, ‘चलता है’  भन्छन् भने त्यो अपराध हो ।

के बुझ्नुपर्छ भने सबै प्रकारको यौन हिंसा वा गलत व्यवहारको तुरुन्तै प्रतिक्रिया दिन सकिँदैन । कयौं पटक हामी भ्रमको स्थितिमा बस्नुपर्छ । कसरी आफूमाथिको अन्याय व्यक्त गर्ने भनेर तपाईंलाई थाहा हुँदैन । जब बोल्ने ठाउँ आउँछ तब तपाईंलाई सजिलो महसुस हुन्छ । अब पुरानो कुरा त हो भनेर बस्ने समय छैन ।

सन् २०१९ यता भारतमा पनि ‘मिटु आन्दोलन’ शुरु भएको छ । यसले महिलाहरूलाई साहस मिलेको छ । पुराना घटना बाहिरिएका छन् । तर ती घाउ समय बित्यो भन्दैमा निको हुँदैनन् । महिलाको सत्वसँग जोडिएको घाउ सजिलै निको पनि हुँदैन ।

(बीबीसी हिन्दीकी पत्रकार रुपा झा संयुक्त राष्ट्रसंघीय मिडिया अवार्ड विजेता समेत हुन् । भावानुवाद : निर्भीकजंग रायमाझी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?