+
+

२६५० मत गणना हुँदा डिलाको अग्रता कायमै, आरजु राणा तेस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १७:०७
फाइल तस्वीर

५ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको महिला क्लस्टरको मतगणना चलिरहेको छ । पार्टी कार्यालय सानेपामा २६५० मत गणना हुँदा डिला संग्रौलाले अग्रता कायम राखेकी छन् ।

उनले १६५० मत पाएकी छन् । त्यस्तै पुष्पा भुसालले १५५९, आरजु राणाले १४५६, अम्बिका बस्नेतले १३१०, ईश्वरी न्यौपानेले १२९६, सरिता प्रसाईंले ११९०, रमा कोइरालाले १०५८, सुशीला ढकालले १०४१, रंगमती शाहीले १०२५ र अनिता देवकोटाले ९९१ मत पाएका छन् ।

महिला क्लस्टरमा ९ केन्द्रीय सदस्यका लागि ३० जनाबीच प्रतिस्पर्धा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?