+
+

युवक हत्याको विरोधमा सिरहामा अवरुद्ध राजमार्ग खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १८:०८
फाइल तस्वीर

५ पुस, जनकपुरधाम । छुरा प्रहारबाट एक जनाको मृत्यु भएको बिषयलाई लिएर सिरहाको गोलबजारमा अवरुद्ध पूर्व पश्चिम राजमार्ग ६ घण्टापछि खुलेको छ ।

शनिबार साँझ दुई समुहबीचको झडपका क्रममा छुरा प्रहारबाट गोलबजार नगरपालिका-६ का २५ वर्षका रामकुमार सदाको मृत्यु भएको थियो। उनको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीय र आफन्तले बिहान ११ बजेदेखि गरेको सडक अवरुद्ध ५ बजे खुलेको हो ।

अपरान्ह ५ बजे प्रदर्शनकारी आफैंले अवरुद्ध सडक खोलेका हुन् । यात्रुहरुको अलपत्र अवस्थालाई हेरेर अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको स्थानीय सिमशरण सदाले बताए ।

राजमार्ग अवरुद्ध हुँदा हजारौं गाडी र यात्रु रोकिएका थिए । प्रहरीले बल प्रयोग गरी अवरुद्ध राजमार्ग खुलाउने प्रयास गरेपनि सफल हुन सकेको थिएन । राजमार्ग खुलाउन खोज्दा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप समेत भएको थियो ।

भोलिसम्म पनि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ नपरे पुनः अवरुद्ध गर्ने सदाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?