+
+

माओवादीको वागमती प्रदेश पदाधिकारी छान्न मतदान (तस्वीरहरु)

नेकपा माओवादी केन्द्रको वागमती प्रदेश समितिको  पदाधिकारी चयनका लागि मतदान शुरु भएको छ । अध्यक्ष पदमा दिनानाथ गौतम र सरल सहयात्री पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । 

आर्यन धिमाल आर्यन धिमाल
२०७८ पुष ५ गते २१:१९
अध्यक्षमा उम्मेदवारी दिएका दिनानाथ गौतम (बाँया) र सरल सहयात्री पौडेल मतदानपछि ।

५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश समितिको  पदाधिकारी चयनका लागि मतदान शुरु भएको छ । अध्यक्ष पदमा दिनानाथ गौतम र सरल सहयात्री पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै तीन उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको छ । दीपेन्द्र श्रेष्ठ, रुपा महर्जन, रामप्रसाद ढुंगाना, मैनकुमार मोक्तान (मदन), शिव कोइराला, श्रीगोविन्द महर्जन, प्रेमबहादुर पुलामी, रामध्वज डल्लाकोटी, दिलबहादुर विक र अमरबहादुर विश्वकर्माले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

एक जना सचिवका लागि धर्म महर्जन, रामचन्द्र अधिकारी, इन्द्रबहादुर थिङ (छिन्ताङ) र अन्जानकुमार तिमिल्सिना गरी चार जनाको उम्मेदवारी परेको छ ।

सहसचिव तीन पदका लागि १० जनाको उम्मेदवारी परेको छ । सहसचिवमा द्रोणबाबु शिवाकोटी, महेश्वर फुयाल, दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने, नवराज ढुंगाना (विश्वास), प्रकाश श्रेष्ठ, परशुराम रिमाल, शिवबहादुर काती, सञ्जय लामा र लालकुमारी पुनको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै कोषाध्यक्ष एक पदका लागि तोत्रकुमारी अधिकारी (इन्दिरा), विदुर खड्का र संगीता भट्टराई गरी तीन जनाको उम्मेदवारी परेको छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?