+
+

आइफोनको लोकेशन हिस्ट्री कसरी पत्ता लगाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १८:१९

६ पुस, काठमाडौं । तपाई जुन ठाउँमा जानुहुन्छ, त्यो ठाउँलाई तपाइसँग भएको आइफोनले ट्र्याक गरिरहेको हुन्छ । तपाईले आइफोनको लोकेशन हिस्ट्री समेत हेर्न सक्नुहुन्छ ।

एप्पल आइफोनसहित सबै आइफोनमा जीपीएस सेन्सर रहेको हुन्छ जसले तपाईँ गएको हरेक स्थानलाई ट्र्याकिङ गरी सबै विवरण कैद गर्न सक्छ ।

तपाईँसँग भएको आइफोनमा एउटा जीपीएस चिप हुन्छ र यो चिपले एप्पलको आईओएस सफ्टवेयरमार्फत् हाम्रो गतिविधि ट्र्याकिङ भइरहेको हुन्छ । त्यसपछि युवेर जस्ता सफ्टवेयरमार्फत् तपाईँ रहेको वास्तविक स्थानबारे अर्को व्यक्ति (रिसिपियन्ट)ले थाहा पाउन सक्छन् । त्यस्तै, यसलाई प्रयोग गरेर ‘लोकेशनमा आधारित विज्ञापन’ खोज्न पनि सकिन्छ ।

आइफोनको लोकेशन हिस्ट्री कसरी थाहा पाउने ?

तपाईको आइफोन जुन-जुन स्थानमा पुगेको हुन्छ, ती स्थानको पूर्ण विवरण (हिस्ट्री) निम्न तरिकाबाट थाहा पाउन सकिन्छ:

  • सबैभन्दा पहिला ‘सेटिङ’भित्र रहेको ‘प्राइभेसी’मा जानुहोस् ।
  • त्यसपछि ‘लोकेशन सर्भिसेस’ सेलेक्ट (छनौट) गर्नुहोस् ।
  • ‘लोकेशन सर्भिसेस’भित्र रहेको ‘सिस्टम सर्भिसेस’मा ट्याप गर्नुहोस्/छुनुहोस् ।
  • त्यसपछि ‘सिग्निफिकेन्ट लोकेशन्स’ सेलेक्ट गर्नुहोस् ।

‘सिग्निफिकेन्ट लोकेशन्स’को तलपट्टी ‘हिस्ट्री’ लेखिएको एउटा ट्याब हुन्छ । ‘हिस्ट्री’भित्र रहेका लोकेशन ट्याप गर्नुहोस् । त्यसपछि तपाईँ पुगेका सबै लोकेशन देखिन्छन् ।

आइफोनमा हिस्ट्री हटाउने विकल्प (अप्‍सन) पनि रहेको हुन्छ । अर्थात् ‘क्लियर हिस्ट्री’ थिचेर (क्लिक गरेर) आइफोनभित्र रहेका सबै हिस्ट्री हटाउन सकिन्छ । यदि आइफोनको लोकेशन ट्र्याकिङ बन्द गर्न चाहनु भयो भने सबैभन्दा पहिला ‘सेटिङ’मा जानुहोस् । त्यसपछि ‘प्राइभेसी’मा जानुहोस् र ‘लोकेशन सर्भिसेस’मा छुनुहोस् । अनि ‘लोकेशन सर्भिसेस’ को स्विचलाई ‘अफ’ (सेतो भाग) गर्नुहोस् ।

आइफोनमा ‘सिग्निफिकेन्ट लोकेशन लिस्ट’ पत्ता लगाउने तरिका

  • सबैभन्दा पहिला ‘सेटिङ’ एप खोल्नुहोस् र ‘प्राइभेसी’मा जानुहोस् ।
  • त्यसपछि ‘लोकेशन सर्भिसेस’मा क्‍लिक गर्नुहोस् /थिच्नुहोस् ।
  • लोकेशन सर्भिसेस थिचेपछि तल स्क्रोल गर्नुहोस् र ‘सिस्टम सर्भिसेस’ सेलेक्ट गर्नुहोस् ।
  • ‘सिग्निफिकेन्ट लोकेशन’मा छुनुहोस् ।

‘सिग्निफिकेन्ट लोकेशन’को तलपट्टि ‘माइ प्लेसेस’ लेखिएको ट्याब देखिन्छ । ‘माइ प्लेसेस’मा रहेका लोकेशन लिस्ट (सूची) मा छुनुहोस् । त्यसपछि तपाईँ गएका स्थानको सूची देखिन्छ । यसरी आफू गएका स्थानबारे थाहा पाउन सकिन्छ ।

तपाईँले ‘सिग्निफिकेन्ट लोकेशन्स’ बन्द गर्न पनि सक्नुहुन्छ । बन्द गर्नका लागि माथि उल्लिखित चरणहरू पालना गर्दै ‘सिग्निफिकेन्ट लोकेशन्स’ को स्विचलाई अफ (सेतो भाग) गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?