+
+
Shares

जन्मिएको २२ दिनपछि मर्‍यो ‘रामसारगज’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १३:२१

६ पुस, विराटनगर । कोशी टप्पु वन्यजन्तु आरक्षमा जन्मिएको छावा रामसारगज मरेको छ । मंसिर ११ गते जन्मिएको छावा रामसारगज आइतबार दिउँसो मरेको हो ।

५७ वर्षीया हात्ती शोभाकलीले जन्माएको छावाको मंसिर २२ गते न्वारन गरेर रामसारगज नाम राखिएको थियो। आइतबार माउसँगै चरणमा गएर फर्कने क्रममा लडेको रामसारगजको मृत्यु भएको कोशी टप्पु वन्यजन्तु आरक्षका धिकृत रामगुलाम चौधरीले बताए ।

उनका अनुसार आइतबार दिउँसो करीब २ बजे छावाको मृत्यु भएको र मृत्युपछि रामसारगजको अंग आरक्षको संग्राहलयमा राखिने छ । चौधरीका अनुसार पोष्टमार्टम गर्दा छावाको कलेजको सुन्निएको देखिएको थियो । पोष्टमार्टम रिपोर्ट  भने आउन बाँकी छ ।

गत मंसिर ११ गते शाभाकलीले हात्तिसार बाहिर छावा जन्माएकी थिइन् । छावा जन्माउने क्रममा माउले खुट्टा चलाउँछ । रामसारगजको मृत्युपछि माउको लाती लागेर कलेजो सुनिएको हुनसक्ने उनले बताए । ।

रामसारगजको मृत्‍युपछि शोभाकलीबाट छुटाउन माहुतेहरुलाई सकस परेको थियो । शोभाकलीको आँखा छोपेर मरेको छावालाई पोष्टमार्टमका लागि लगिएको थियो ।

मृत्युपछि शोभाकलीले छावा खोजिरहेको अधिकृत चौधरीले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?