+
+

ओमिक्रोनका कारण अन्तर्राष्ट्रिय सीमा खुला गर्ने न्यूजिल्याण्डको योजना सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १३:३१

६ पुस, काठमाडौं। कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका कारण अन्तर्राष्ट्रिय सीमा खुला गर्ने न्युजिल्याण्डको योजना पर सरेको छ ।

मंगलबार न्युजिल्याण्डले विश्वभर ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिएको भन्दै पुन: अन्तर्राष्ट्रिय सीमा खुला गर्ने योजना फेब्रुअरीको अन्त्यसम्म धकेलिएको जानकारी गराएको हो ।

जनवरी १६ गतेदेखि विदेशमा रहेका नागरिकका लागि सीमा खुला गर्ने योजना फेब्रुअरीको अन्त्यसम्म धकेलिएको शिक्षामन्त्री क्रिस हिपकिन्सले प्रेस सम्मेलनमा बताए । उनले भने, ‘हालसम्म प्राप्त तथ्यहरूले कोभिड-१९का भेरियन्टमध्ये ओमिक्रोन सबैभन्दा संक्रामक भएको देखाउँछन्’, उनले भने ।

पछिल्लो समय न्यूजिल्याण्डमा कोभिड महामारीपछि लागू गरिएका कडा नियमलाई बिस्तारै खुलुलो पार्न थालिएको थियो । विदेशी पर्यटकलाई अप्रिलदेखि प्रवेश गर्न दिइएको थियो भने आगामी जनवरीदेखि अन्तर्राष्ट्रिय सीमा बिस्तारै खुला गर्ने सरकारको योजना थियो ।

तर नयाँ ओमिक्रोन भेरियन्ट विश्वव्यापी बन्‍न थालेपछि उक्त योजना एक महिना पर धकेलिएको हो । अलजजिराबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?