+
+

केएमसीले अतिरिक्त शुल्क उठाएको भन्दै विद्यार्थीले लगाए ताला

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १३:३४

६ पुस, काठमाडौं। सरकारले तोकेको भन्दा बढी शुल्क मागेको भन्दै विद्यार्थीहरुले काठमाडौं मेडिकल कलेजमा ताला लगाएका छन् । विद्यार्थीहरुले काठमाडौंको सिनामंगलस्थित क्याम्पस प्रशासनमा ताला लगाएका हुन् ।

कलेजले शिक्षण शुल्कबाहेक विभिन्न शीर्षकमा २० लाख रुपैयाँ अतिरिक्त शुल्क मागेको भन्दै विद्यार्थीहरुले कलेजमा ताला लगाएका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यलय काठमाडौंमा उजुरी समेत गरेका छन् ।

कलेजले होस्टलमा अनिवार्य बस्नुपर्ने र बसभाडा तिनुपर्ने नियम बनाएको छ । विद्यार्थीहरुले यसलाई ऐच्छिक बनाउनुपर्ने माग गरेका छन् । तर कलेजले भने ‘तिर्न सक्छौ भने पढ नभए नपढ, त्यो भन्दा कम शुल्कमा पढाउन सकिँदैन’ भन्ने जवाफ दिएको र पटक पटक छलफल गर्दा पनि विद्यार्थीको कुरा नसुनेको विद्यार्थीहरुले बताएका छन् ।

चिकित्सा शिक्षा आयोगले गत वैशाख २९ गते तोकेको शुल्क अनुसार उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपियाँ र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रहेको छ ।

केएमसीले विद्यार्थीलाई उपलब्ध गराएको शुल्कको विवरणमा शिक्षक शुल्कबाहेक नै २० लाख बढी लाग्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?