+
+

यूएईमा २४ घण्टाभित्र ५० प्रतिशतले बढे कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १७:२८

६ पुस, काठमाडौं । संयुक्त अरब इमिरेट्समा निकै संक्रामक नयाँ ओमिक्रोन भेरियन्टको त्रासबीच कोभिड-१९ का संक्रमित ह्वात्तै बढेका छन् । अधिकारीहरूले २४ घण्टाभित्र ५० प्रतिशतले कोभिड-१९ का संक्रमित बढेको बताएका छन् ।

मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई)को स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ४५२ जना नयाँ संक्रमित थपिएको बताएको छ । यूएईमा सोमबार ३०१ जना नयाँ संक्रमित थपिएका थिए । तर आज ५० प्रतिशतले बढेर दैनिक संक्रमितको संख्या ४५२ पुगेको हो ।

मंगलबार थपिएका दैनिक संक्रमितको संख्या सेप्टेम्बर २५ यताकै धेरै हो । यूएईमा सेप्टेम्बर २५ मा ३२१ नयाँ संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट २ जनाको मृत्यु भएको र १९८ जना संक्रमणमुक्त भएको मन्त्रालयको भनाइ छ ।

यूएईले डिसेम्बर १ गते नयाँ ओमिक्रोन भेरियन्टबाट एकजना संक्रमित भएको जानकारी गराएको थियो । तर मन्त्रालयले आज थपिएका संक्रमितमध्ये ओमिक्रोनका संक्रमित कति छन् भनेर केही खुलाएको छैन ।

ओमिक्रोन भेरियन्ट विश्वव्यापी बनिरहेका बेला यूएईमा समेत सतर्कता अपानाउन थालिएको छ । सरकारले मानिसहरूलाई क्रिसमस र नयाँ वर्ष मनाउने क्रममा अत्यधिक भीडभाड नगर्न भनेको छ ।

साथै, कोभिड खोप लगाएका मानिस मात्रै जनवरी ३ देखि सरकारी कार्यालयमा प्रवेश गर्न पाउने नियम लागू गरिएको अलअरेबिया डट नेटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?