
६ पुस, काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रदेश–१ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश-२ को लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल र बागमती प्रदेशको लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ निर्वाचन अधिकृत नियुक्त भएका छन् ।
त्यस्तै, लुम्बिनी प्रदेशको लागि दाङ जिल्ला अदालतका न्यायाधीश रीतेन्द्र थापा, कर्णाली प्रदेशको लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशको लागि कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरु निर्वाचन अधिकृत नियुक्त भएका आयोगले जनाएको छ ।
हेर्नुस् निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4