+
+

लक्ष्मी ग्रुपले मनायो ४८औं स्थापना दिवस

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १३:२५

काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो ४८ औ स्थापना दिवस मनाएको छ । लक्ष्मी ग्रुपले हरेक वर्ष पुस ५ गते आफ्नो स्थापना दिवस मनाउने गरेको छ । सन् १९७३ मा लक्ष्मी मिठाइ भण्डारमा मिठाइ उत्पादन गरेर आफ्नो व्यवसायिक यात्रा शुरु गरेको थियो ।

लक्ष्मी ग्रुपले ४८ वर्ष पूरा गरिरहँदा कन्फेक्सनरी, डेरी, प्लास्टिक, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स, स्टिल लगायत अन्य थुप्रै क्षेत्रमा लगानी गरिरहेको छ । भविष्यमा अन्य थुप्रै क्षेत्रमा लगानी गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रमको उद्घाटन लक्ष्मी ग्रुपका चेयरमेन गणेशबहादुर श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा लक्ष्मी ग्रुपमा ५ देखि ४० वर्ष काम गरेका कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो ।

स्थापना दिवसको अवसरमा आयोजित खेलकुद सप्ताहमा बिजेता खेलाडीहरुलाई सम्मान पनि गरिएको थियो ।

स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका थिउ ।
लक्ष्मी ग्रुपले व्यवसायको सामाजिक उत्तरदायित्व अन्तर्गत भद्रकाली मन्दिर सरसफाइ, मानव सेवा आश्रममा खाद्यान्न सामग्री, टोपी र मस्क वितरण गरेको थियो ।

यसैगरी चिल्ड्रेन प्रोटेक्सन होम, सिफल र फ्युचर होप नेपाल, गोठाटारमा र पवित्र समाज सेवामा मिठाइ, गिफ्ट, मास्क र स्टेसनरी समान वितरण गरिएको कम्पनीले जनाएको छ ।

यसैगरी सेरेब्रल पाल्सी नेपालमा मिठाइ, स्टेसनरी, डाइपर, मस्क, सेनिटाइजर गरी ४२ प्रकारका सामग्री पनि वितरण गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?