+
+

सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टिमले भोलि श्रीलंकासँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १८:०१

७ पुस, काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीले दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ ।

बिहीबार सुरु हुने एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपका लागि अरुणा शाहीको कप्तानीमा रहेको १२ सदस्यीय नेपाली टोली बंगलादेशको ढाका पुगिसकेका छन् ।

नेपाली टोलीकी व्यवस्थापक ज्योति केसीका अनुसार दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेकाले नेपाली टोली उत्साहित छ । छ देश सहभागी हुने प्रतियोगितामा नेपालले श्रीलंकासँग पहिलो खेल बिहीबार बिहान सवा ११ बजे खेल्नेछ ।

नेपाली टिममा यस पटक तीन नयाँ खेलाडी छन् भने दुई खेलाडीले पुनरागमन गरेका छन् । यस्तै २०१९ मा नेपालमै भएको १३औं सागबाट राष्ट्रिय टिममा डेब्यु गरेकी उषा भण्डारी पनि पहिलो पटक सेन्ट्रल जोन प्रतियोगिता खेल्दैछन् ।

२०१९ मा बंगलादेशमै भएको पहिलो संस्करणको सेन्ट्रल जोनको उपाधि जित्दाको टिममा रहेका कप्तान अरुणासहित सरस्वती चौधरी, प्रतिभा माली, सफिया पुन, सलिना श्रेष्ठ र सुनिता खड्का दोस्रो पटक सेन्ट्रल जोनमा खेल्दैछन् ।

प्रतियोगितामा नेपाल र श्रीलंकासहित आयोजक बंगलादेश, माल्दिभ्स र कीर्गिस्तान र उज्वेकिस्तानले राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?