+
+

मलाई त रिटायर हुन मन छ, साथीहरुले भनेर मात्र बसिरहेको छु : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १७:४५

८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वमा बसिरहने आफ्नो चाहना नभएको बताएका छन् । न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले माओवादीलाई पनि बुर्जुपा पार्टी बनाउन चाहनेहरुले मात्र आफ्नो विरोध गरेको बताए ।

‘यो पार्टीलाई पनि बुर्जुवा पार्टी बनाउन चाहनेहरुले कति बसेको भनेर… मानौं मैले व्यक्तिगत रुपले बसेको जस्तो । यो मेरो व्यक्तिगत कुरा होइन । यो राष्ट्रको सर्वोत्तम हितको निम्ति जनताको विकास, समृद्धि र मुक्तिको निम्ति मैले अन्तिम समयसम्म लड्छु भनेर मात्रै मलाई सबै साथीहरुले तपाई बस्नुपर्छ भनेर पो बरु म बसिराखेको छु त’ उनले भने।

अध्यक्ष प्रचण्डले आफू पार्टी नेतृत्व छाड्ने चाहना हुँदाहुँदै बस्नु परिरहेको टिप्पणी गरे । ‘व्यक्तिगत रुपले त भन्नुहुन्छ भने मलाई यत्रो बस्नुभन्दा अब रिटायर भएर संस्मरण लेख्न पो राम्रो छ। तर मैले अहिले जुन दस्ताबेज बनाउँदै छु, मलाई विश्वास छ राष्ट्रिय सम्मेलनले त्यसमा गर्व गर्नेछ र नेतृत्वप्रति गर्व गर्नेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?