 
																			८ पुस, जनकपुरधाम । प्रदेश–२ सरकारले ल्याएको कृषि विश्वविद्यालयसम्बन्धी अध्यादेश प्रदेशसभाबाट स्वीकृत भएको छ ।
बिहीबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले यो अध्यादेश स्वीकृत गर्न प्रस्ताव पेश गरेका थिए । प्रस्ताव बहुमतले पारित भएको हो ।
यसअघि विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद परमेश्वर साहले यो अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश गरेका थिए ।
उनले सरकार ढोकाबाट नभई झ्यालबाट आएको भन्दै यस्तो परम्पराले संसदीय गतिविधिमाथि नै खतरा हुने बताए ।
कृषि विश्वविद्यालयप्रति आफूहरूको असहमति नभए पनि लोकतान्त्रिक चरित्रविपरीत अध्यादेश ल्याएकाले असहमति जनाइएको बताए । यद्यपि उनको प्रस्ताव अस्वीकार भयो ।
प्रदेश सरकारले अध्यादेशमार्फत् राजविराजमा कृषि विश्वविद्यालयको कार्यालय स्थापना गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4