+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कैलालीमा बस र ट्रक ठोक्किदा २० जना घाइते, एकको अवस्था गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते २०:२९

८ पुस, धनगढी । कैलालीमा बस र ट्रक ठोक्किदा २० जना घाइते भएका छन् ।

भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको चुरे गाउँपालिकाको खानीडाँडा नजिकै बिहीबार साँझ बझाङबाट धनगढी आउँदै गरेको ना ६ ख १९८२ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना६ ख २३६२ नम्बरको ट्रक एकआपसमा ठोक्किदा २० जना घाइते भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्र सिंहका अनुसार दुर्घटनामा परेका एक जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था समान्य छ ।

पालिकाको ठेगना खुल्न नसकेकी बझाङकी ६० वर्षीय मैना धामीको अवस्था गम्भीर छ । उनको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सिंहले बताए।

बस चालक लालबहादुर चन्द र ट्रक चालक कृष्ण पार्की पनि घाइते भएका छन् । १२ जना घाइतेहरुलाई पनि उपचारका लागि पद्यमा अस्पतालमा भर्ना गरिएको छ भने बाँकीलाई ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?