+
+
Shares

कैलालीको गोदावरीमा रास्वपाको सिंगो नगर कार्य समितिद्वारा राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको गोदावरी नगरमा राष्ट्रिय स्वतन्त्र पार्टीको सिंगो नगर कार्य समितिले नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्न मंगलबार सामूहिक राजीनामा दिएको छ।
  • नगर सभापति दिपक ओझाले समितिले कुनै दबाब वा प्रभावका कारण नभएर राजीनामा दिएको स्पष्ट पार्नुभएको छ।
  • कार्य समितिले पार्टीको सिद्धान्तअनुसार कार्य सम्पादन गर्न नसकेको र नयाँ समितिलाई मार्ग खुला गर्ने उद्देश्यले राजीनामा दिएको निर्णय गरेको छ।

५ जेठ, धनगढी । कैलालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिंगो नगर कार्य समितिले राजीनामा दिएको छ ।

गोदावरी नगर समितिका पदापधिकारी तथा सदस्यहरुले मंगलबार सामूहिक रूपमा राजीनामा दिएका हुन् ।

समितिको कार्य समितिको बैठक राखेर नै सामूहिक राजीनामा दिने निर्णय गरेको थियो । नगर सभापति दिपक ओझाले समितिले कुनै दबाब र प्रभावका कारण नभएर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्न सामूहिक राजीनामा दिएको बताएका छन् ।

कार्य समितिले माइन्युटमै गोदावरी नगर तथा पार्टीको सिद्धान्तअनुसार कार्य सम्पादन गर्न नसकिएको र नयाँ समितिलाई मार्ग खुला गर्ने चाहना अनुुसार नै राजीनामा दिएको निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?