+
+

कांग्रेस प्रदेश २ अधिवेशन : पदाधिकारीमा पनि देउवा पक्षकै अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १४:५८

९ पुस, जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । सभापतिको अन्तिम परिणाम आएपछि अहिले उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मत गणना भइरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार उपसभापतिमा चन्द्रशेखर यादव र वीरेन्द्र सिंह अगाडि देखिएका छन् । ७ सय मतको गणना गर्दा यादवले ३ सय २१ र सिंहले ३ सय ७० मत पाएका छन् । यादव र सिंह प्रदेश २ को पार्टी सभापतिमा निर्वाचित कृष्णा यादव समूहका हुन् । रामसरोज यादवको प्यानलबाट विनोद खनालले २ सय ७६ र धनलाल ठोकरले २ सय ४७ मत पाएका छन् ।

यस्तै उपसभापतिका अर्का उम्मेदवार रामाधार प्रसाद यादवले ५० मत पाएका छन् ।

महामन्त्रीमा कृष्णा यादव प्यानलका बृहस्पतिकृष्ण श्रेष्ठ र उपेन्द्रकुमार यादवले अग्रता लिएका छन्  । श्रेष्ठले ३ सय ७० र यादवले ३ सय ५६ मत पाएका छन् । रामसरोज यादव प्यानलका नरेश यादव ३ सय ७ र हरेशप्रसाद महतोले २ सय ४९ मत पाउँदा अर्का उम्मेदवार विनोद चौधरीले ७२ मत पाएका छन् ।

सहमहामन्त्री पदमा कृष्णा प्यानलका पर्शुराम चौधरी र जयनारायण यादवले समान ३ सय ७ मत ल्याएर अग्रता लिएका छन् । रामसरोज प्यानलका विनोद यादवले २ सय ७२ र नारायण चौधरीले २ सय ३५ मत पाएका छन् ।

पार्टीको सभापतिमा कृष्णा यादव ९ सय ९६ मत ल्याएर निर्वाचित भइसकेका छन्  । सभापतिका अर्का उम्मेदवार रामसरोज यादवले ८ सय ५५ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?