+
+

कांग्रेस प्रदेश २ को पदाधिकारीमा संस्थापन पक्षको ‘क्लिन स्वीप’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते ७:२०

१० पुस, जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को पदाधिकारीमा संस्थापन पक्षले ‘क्लिन स्वीप’ गरेको छ । सभापतिमा निर्वाचित कृष्णप्रसाद यादव संस्थापन पक्षकै हुन् । कृष्णकै प्यानलबाट दुई जना उप सभापति, दुई जना महामन्त्री, दुई जना सहमहामन्त्री र एक जना महिला महामन्त्री निर्वाचित भएका छन् ।

पदाधिकारीको शुक्रबार राति आएको अन्तिम मत परिणाम अनुसार उपसभापतिमा संस्थापन पक्षका वीरेन्द्र सिंह र चन्द्रशेखर कुमार यादव निर्वाचित भएका छन् । सिंहले १ हजार १९ र चन्द्रशेखरले ८ सय ९५ मत ल्याए ।

उप सभापतिमा निर्वाचित सिंह प्रदेश २ को महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री पनि हुन् ।

उपसभापति पदमा संस्थापन इतर प्यानलका धनलाल ठोकरले ६ सय ३६ मत ल्याए भने बिनोद कुमार खनालले ७४० मत ल्याए । अर्का उम्मेदबार रामाधर प्रसाद यादवले १ सय २४ मत पाए ।

महामन्त्रीमा संस्थापन पक्षका उपेन्द्रकुमार यादव र बृहस्पतिकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । उपेन्द्रले ९५९ मत ल्याएर तथा श्रेष्ठले ७८८ मत ल्याएर विजयी भए ।

संस्थापन इतरका उम्मेदबार नरेश यादवले ७७५, हरेश प्रसाद महतोले ७०३ मत पाए भने प्यानलबाहिर उम्मेदबारी दिएका विनोद चौधरीले १९५ मत पाए ।

सहमहामन्त्रीमा संस्थापन पक्षका पर्शुराम चौधरी र जयनारायण यादव निर्वाचित भएका छन् । चौधरीले ८२२ मत ल्याएर तथा यादव ८७९ मत ल्याएर विजयी भए ।

संस्थापन इतरका नारायण चौधरीले ६०१ मत र विनोद यादवले ६९१ मत पाए । अर्का उम्मेदबार अरबिन्द अमात्यले २५७ मत र रामनारायण महासेठले ९७ मत पाए ।

सहमहामन्त्रीमा निर्वाचित चौधरी सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्षसमेत हुन् ।

महिला सहमहामन्त्री पदमा संस्थापन पक्षकै बिन्दु यादव निर्वाचित भएकी छन् । तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी निर्वाचित भएकी हुन् । ८८९ मत ल्याएर उनी निर्वाचित हुँदा भीमादेवी शर्माले ५३२, रीता यादवले १५६ र रेखादेवी महराले ७६ मत पाइन् ।

यसअघि बिहान सभापतिको अन्तिम मत परिणाम आउँदा पार्टीको प्रदेश सभापतिमा कृष्णाप्रसाद यादव निर्वाचित भएका थिए । ९७६ मत ल्याएर कृष्णा निर्वाचित हुँदा अर्का उम्मेदबार रामसरोज यादवले ८५५ मत ल्याएका थिए ।

पदाधिकारीको मतगणना सकिएपछि अब सदस्यको गणना गरिने निर्वाचन समितिले जनाएको छ ।

विजयी घोषणा गरेर पनि प्रमाण पत्र नदिएको आरोप

नेपाली कांग्रेस प्रदेश २ को मतगणना स्थलमा शुक्रबार राति केही बेर विवाद देखिएको थियो । महामन्त्री पदमा संस्थापन पक्षका महामन्त्रीका उम्मेदबार नरेश यादव निर्वाचित भएको घोषणा गरेपनि प्रमाण पत्र दिन नमानेको भन्दै विवाद भएको थियो ।

७२४ मतसहित यादव महामन्त्रीमा निर्वाचित भएको निर्वाचन समितिका पदाधिकारीले घोषणा गरेका थिए । यो घोषणा गरेको केहि बेरमै निर्वाचन समितिले गल्ती भएको भन्दै सच्याएर बृहस्पतिकृष्ण श्रेष्ठलाई विजयी घोषणा गरेपछि यादवले निर्वाचन अधिकृतलाई निवेदन दिएका छन् । उनले आफूलाई प्रमाण पत्र दिन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?