+
+

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले आजै दल दर्ता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते १५:०९

१० पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसले शनिबार दल दर्ता गर्दैछ । निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न पुस १ देखि १० गतेसम्मको समय दिएको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार नै कांग्रेसले निर्वाचन पुगेर दल दर्ता गर्नेछ । राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा कम्तीमा ५ वर्षमा एक पटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन गर्नुपर्छ ।

त्यस्तै दलको विभिन्न तहमा कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिबिम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हुनुपर्ने व्यवस्था छ । कांग्रेसले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेपछि राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?