
१० पुस, हेटौंडा । मकवानपुरको मनहरि गाउँपालिका–९ ज्यामिरेकी लीलावती गिरीले घरमै नागरिकता पाएकी छन् ।
शारीरिक रुपमा अशक्त रहेकी ३२ बर्षकी लीलावतीलाई प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले शनिबार उनकै घरमा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरे ।
लीलावतीलाई नागरिकता बनाउन सदरमुकाम हेटौंडासम्म ल्याउने अवस्था नभएपछि परिवार र गाउँपालिकाको आग्रहमा प्रजिअ पाण्डेले घरमा पुगेर नागरिकता दिएका हुन् ।
लीलावतीले नागरिकता पाएपछि सरकार र स्थानीय तहबाट अशक्त नागरिकले पाउने सुविधा पाउनेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4