+
+

‘चुरीफुरी’ले दिन सकेन नेपाली बक्स अफिसलाई राहत

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते ११:३५

११ पुस, काठमाडौं । ‘स्पाइडर म्यान’ र ‘पुष्पा’को वर्चस्व रहेको समयमा रिलिज भएको नेपाली चलचित्र ‘चुरीफुरी’ले बक्स अफिसमा सुखद् शुरुआत गर्न सकेन । लामो समयसम्म हलमा देखिएको नेपाली चलचित्रको खडेरीलाई तोड्ने काम ‘चुरीफुरी’ले गरेपनि दर्शकको उपस्थिति भने फितलो देखिएको छ ।

ऋषिराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रलाई देशका सबैजसो मल्टिप्लेक्सले निक्कै कम शो उपलब्ध गराएका थिए । तर, चलचित्र हेर्ने दर्शकले भने यसको कथावस्तुलाई मन पराएको निर्देशक ऋषिराज आचार्यले दाबी गरेका छन् ।

‘जति पनि दर्शकले चलचित्र हेर्नुभएको छ, यसको कथावस्तु र कमेडी पाटोलाई मन पराउनुभएको छ,’ उनले भने । चलचित्रको वर्ड अफ माउथ सुखद् भएकाले पनि आगामी दिनमा दर्शक बढ्ने अपेक्षा आचार्यको छ ।

चलचित्रमा अभिषेक श्रेष्ठ, पूजा पन्त, रविन्द्र झा, सोना बज्राचार्य, सुवोध गौतम, शिशिर भण्डारी, राजीवजंग गुरुङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

मल्टिप्लेक्समा फितलो कमाइ गरेको यो चलचित्रले सिंगल थिएटरमा पनि औसत मात्रैकमाइ गरेको छ । यसैले चलचित्रले शुरुआती चरणमा नेपाली बक्स अफिसलाई खासै सुखद् सन्देश दिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?