+
+

माओवादीलाई महाधिवेशनको प्रचार सामग्री फेर्न भ्याईनभ्याई

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १२:४५

११ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा शुरु हुँदैछ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा अपराह्न तीन बजे महाधिवेशन उद्घाटन समारोह हुँदैछ ।

माओवादीले आज पहिलो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने गरी सम्पूर्ण तयारी सकेको थियो । उद्घाटन समारोहस्थल, सडक किनार, आकाशे पुल जताततै राष्ट्रिय सम्मेलनका ब्यानर र फ्लेक्स बोर्ड टाँगिएको थियो । तर, शनिबार साँझ माओवादीले एक्कासी राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गर्यो । त्यसपछि राष्ट्रिय सम्मेलन लेखिएका ब्यानर हटाएर राष्ट्रिय महाधिवेशन लेखिएको ब्यानर राख्न माओवादी कार्यकर्ताहरूलाई भ्याईनभ्याई भएको छ ।

व्यवस्थापनमा खटिएका एक नेताले अनलाइनखबरसँग भने, ‘रातभर खटिएर केही स्थानका प्रचार सामग्री फेर्यौं, केही फेर्ने क्रम जारी छ ।’

प्रज्ञा भवन परिसरमा ‘आठौं राष्ट्रिय महाधिवेशन’ लेखिएको ब्यानर राखिसकिएको छ । तर कतिपय आकाशे पुलहरूमा अझै पनि राष्ट्रिय सम्मेलन लेखिएको ब्यानर हटाउन बाँकी नै छ ।

महाधिवेशन प्रतिनिधिहरूलाई राष्ट्रिय सम्मेलनको कार्ड वितरण गरिसकिएको थियो । त्यसलाई पनि परिवर्तन गरिएको छ ।

महाधिवेशनस्थल काठमाडौंका विभिन्न स्थानमा स्वागतद्वारहरू निर्माण गरिएको छ । सडक किनारमा हँसिया हताैडा अंकित झण्डा राखिएको छ ।

महाधिवेशनको तयारी नपुगेपछि दिउँसो एक बजे गर्ने भनिएको उद्घाटन समारोह पनि तीन बजेसम्मका लागि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?