+
+

धनगढीमा १० कक्षाका विद्यार्थीले बनाए ‘विद्युतीय कार’

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कक्षा १० मा अध्ययनरत चार विद्यार्थीले बनाएको विजुलीबाट चल्ने सवारी साधन सडकमा गुडाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १४:३६

११ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कक्षा १० मा अध्ययनरत चार विद्यार्थीले बनाएको विजुलीबाट चल्ने सवारी साधन सडकमा गुडाएका छन् । एक्सीस विद्या आश्रममा अध्ययनरत विद्यार्थीहरूले चार पाङ्ग्रे कार निर्माण गर्दै आइतबार धनगढीको सडकमा गुडाएर प्रदर्शन गरे ।

सारअल्फा नाम दिइएको उक्त विद्युतीय कार ऋषिकेश थापा, आदित्य जोशी, सक्षम रेग्मी र रोहित ऐरले कोरोना भाइरसको महामारीको दोस्रो लहरको समयमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएका बेला बनाएका थिए । करिब डेढ लाख रुपैयाँ खर्चमा बनाएको उक्त कार बनाउन चार महिना लागेको ऋषिकेश थापा बताउँछन् ।

‘खाली समयको सदुपयोग गरौं भन्ने उद्देश्यअनुसार हामी कार निर्माणमा जुट्यौं,’ थापाले भने, ‘घर परिवार र विद्यालयको सहयोगले सफल भएका छौं ।’

उक्त कारको लोड क्षमता सात क्वीन्टल रहेको छ । त्यसलाई अन्य गाडीहरू जस्तै बजारमा ल्याउने गरी काम गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?