+
+

पोखरामा माघ १ मा ‘नेपाल फेसननिस्टा’ हुने 

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १४:२७

११ पुस, काठमाडौं । आगामी माघ १ गते पोखरामा ‘नेपाल फेसननिस्टा’को आयोजना हुने भएको छ । मनोरञ्जनको क्षेत्रमा काम गर्दै आएको एएसएपी इन्टरटेन्मेन्टले फेसन शोको आयोजना गर्ने भएको हो ।

फेसननिस्टामा देशका चर्चित कलाकार तथा मोडलहरु र्‍याम्पमा उत्रिने आयोजकले जनाएको छ । अभिनेत्री नीता ढुंगाना, मोडल तथा नृत्याङ्गना एन्जल श्रेष्ठ, सन्तोष अधिकारी, दीपक घिमिरे, दिक्पाल कार्की लगायतले र्‍याम्प नाप्नेछन् ।

सुपी रसाइली, तेजमाया पुन र सम्झना गुरुङका डिजाइन प्रस्तुत गरिने ‘नेपाल फेसननिस्टा २०२२’को अफिसियल कोरियोग्राफीमा दिक्पाल कार्की रहनेछन् ।

एएसएपी इन्टरटेनमेन्टले हरेक वर्ष ‘द हेरिटेज’ नाममा फेसन शो आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?