+
+

प्रचण्ड र माधवले सपनामा पनि गठबन्धन देख्छन् : गोकर्ण विष्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १६:२९

११ पुस, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव गोकर्ण विष्टले एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सपनामा पनि गठबन्धन नै देख्ने गरेको टिप्पणी गरेका छन् ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट दहको जनज्योति क्याम्पसको कार्यक्रममा वष्टले प्रचण्ड र माधव नेपाललाई गठबन्धन कायम रहेन भने पार्टी रहन्छ भन्ने कुरामा विश्वास नरहेको जिकिर गरे ।

गठबन्धन नरहे पार्टी पनि नरहने भएकाले गठबन्धनकै सपना देख्ने गरेको उनको टिप्पणी छ । सचिव विष्टले एमालेसँग एक्लाएक्लै चुनाव लड्ने आँट अरु कुनै पार्टीसँग भएको दावी गरे ।

आगमी निर्वाचनमा सबै राजनीतिक दल एमालेविरुद्ध गठबन्धन गरेर आए पनि परास्त पार्ने विष्टको भनाइ छ । शेरबहादुर देउवा नेतृत्वको सरकार जनताको बहुमतबाट नभएर बम्पर उपहारबाट प्राप्त भएको विष्टले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?