+
+

सेन्ट्रल जोन पुरुष भलिबलमा नेपालले माल्दिभ्सलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १७:४९

११ मंसिर, काठमाडौं । बंगलादेशमा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई पराजित गरेको छ ।

आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हराएर प्रतियोगितामा दोस्रो जित हात पारेको हो । यसअघि नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो ।

पाँच राष्ट्र सहभागी प्रतियोगितामा दुई खेल जितेको नेपालले ६ अंक जोडेको छ । लगातार तीन खेल हारेको माल्दिभ्स अंकविहीन छ ।

प्रतियोगितामा नेपाल घरेलु टोली बगलादेश र श्रीलंकासँग पराजित भएको थियो । लिग चरणका खेल सकिएपछि शीर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्नेछन् । यस्तै राउण्ड रोविनको खेलपछि तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि खेल्नेछ ।

दुई खेल जितेको नेपालले अब तेस्रो स्थानका लागि खेल्नेछ । लगातार दुई खेल जितेको श्रीलंका र बंगलादेशको समान ६ अंक छ । यी दुई टिमले आइतबार नै प्रतिस्पर्धा गर्दैछन् । सोमबार बंगलादेश र उज्वेकिस्तान तथा श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?